अल नासरसँग मेस्सी सम्मेलित इन्टर मियामीको लज्जास्पद हार – Nepal Press

अल नासरसँग मेस्सी सम्मेलित इन्टर मियामीको लज्जास्पद हार

काठमाडौं । लियोनल मेस्सी सम्मेलित इन्टर मियामीले क्रिस्टियानो रोनाल्डो सम्मेलित अल नासरसँग लज्जास्पद हार बेहोरेको छ। साउदी अरेबियामा‌ बिहीबार भएको मैत्रीपुर्ण खेलमा मियामी अल नासरसँग ६–० को लज्जास्पद हार बेहोरेको हो ।

उक्त खेलमा रोनाल्डो अनुपस्थित थिए । चोटका कारण उनी दर्शन दिर्घाबाट खेल हेरेका थिए । मेस्सी भने खेलको अन्तिम ७ मिनेट खेलेका थिए । उमी खेलको ८३औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मेस्सी मैदान प्रवेश गर्दासम्म मियामी ६–० ले पछाडि परिसकेको थियो ।

अल नासरका लागि ब्राजिलियन टालिस्काले‌ ह्याट्रिक पूरा गरेका थिए । उनले १०औं, ७३औं गोल गर्दा ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

ओटाभियोले खेलको तेस्रो मिनेटमै अल नासरलाई सुरुआती अग्रता दिलाएका थिए । एमिरिक लापोर्टेले खेलको १२औं र मोहम्मद मारनले ६८औं मिनेटमा अल नासरका लागि गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *