नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठाेक्किँदा १७ जना घाइते – Nepal Press

नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठाेक्किँदा १७ जना घाइते

रूपन्देही । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका छन् ।
बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार काठमाडौबाट बाजुरा जाँदै गरेको सु।प।प्र ०१(००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर बिहीवार राती सुनवल – ४ अल्कत्रे डाँडा नजिकै एक आपसमा ठोकिएका हुन् ।

घाइतेहरूमध्ये १३ जना देवदह मेडिकल कलेज भलुही,४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर