आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि थ्री स्टार र आर्मी खेल्ने – Nepal Press

आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि थ्री स्टार र आर्मी खेल्ने

पोखरा । पोखरामा जारी २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने भएका छन् ।

थ्री स्टार र आर्मीबिचको फाइनल खेल पोखरा रंगशालामा शनिबार हुनेछ ।

सेमिफाइलनमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई र आमीले चर्च ब्वाइज युनाइटेडलाई बिहीबार २–१ ले हराउँदै फाइनलको यात्रा तय गरेका हुन् ।

खेलको ६१ औं मिनेटमा दिनेश हेन्जनको गोलले आर्मीले अग्रता कायम गरेको थियो । ८३ औं मिनेटमा थ्रीस्टारका समिर तामाङले गोल गर्दै बराबरीको अवस्थामा ल्याएका थिए ।

चर्च ब्वाइज र आर्मीबिचको खेल निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा धेकेलिएको थियो ।

अतिरिक्त समयको नवौं मिनेटमा गोल गर्दै आर्मीले फाइनल यात्रा पक्का गरेको हो ।

थ्रीस्टार यस प्रतियोगितामा ५ पटक च्याम्पियन बन्दा आर्मी ४ पटक फाइनल पुग्दा उपाधि चुम्न सकेको छैन ।

२०७५ मा भएको संकरणमा आर्मीलाई हराउँदै थ्रीस्टारले उपाधि चुमेको थियो । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा राराको उपाधि जितेको छ ।

च्याम्पियनले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *