गाउँपालिका स्वास्थ्य प्रमुखलाई कालोमोसो दलेको आरोपमा क्रान्तिकारी पार्टीका जिल्ला संयोजक पक्राउ – Nepal Press

गाउँपालिका स्वास्थ्य प्रमुखलाई कालोमोसो दलेको आरोपमा क्रान्तिकारी पार्टीका जिल्ला संयोजक पक्राउ

पोखरा । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङ जिल्ला संयोजक पूणर्बहादुर गुरुङ पक्राउ परेका छन् । बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीलाई कालोमोसो दलेको अभियोगमा उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकता विरुद्धको कसूर चलाइएको बागलुङ प्रहरीका सूचना अधिकारी डिएसपी मदन केसीले जानकारी दिए । जिल्ला अदालत बागलुङबाट बिहीबार म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी केसीले सुनाए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति बागलुङले माघ ७ गते कार्यालयतर्फ आउँदै गर्दा गाउँपालिका–६ खाल स्थित मध्यपहाडी लोकमार्गमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केसीलार्ई कालो मोसो दलेको थियो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बागलुङ कमिटीले विज्ञप्ति जारी गर्दै म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको जीवनमाथि नै खेलबाड गरेको भन्दै कारवाही स्वरूप कालोमोसो दलेको जनाएको थियो ।

आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न विज्ञप्तिमार्फत चेतावनीसमेत दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *