अरुण चौधरीलाई पक्राउ गरेको विरोधमा निजी क्षेत्रले पत्रकार सम्मेलन गर्दै – Nepal Press

अरुण चौधरीलाई पक्राउ गरेको विरोधमा निजी क्षेत्रले पत्रकार सम्मेलन गर्दै

परिसंघ अध्यक्ष अग्रवाल भन्छन्- अफिसमै गएर पक्राउ गर्न हुँदैनथ्यो

काठमाडौं । आज बिहान सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको विरोधमा निजी क्षेत्रले पत्रकार सम्मेलन गर्ने भएको छ ।

निजी क्षेत्रले साँझ साढे ५ बजे एभरेष्ट होटल नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगीलाई अफिसमा नै गएर पक्राउ गर्नु गलत रहेको बताए । उनले भने, ‘अरुण चौधरी भाग्ने मान्छे होइनन् । बोलाएर बयान लिएको भए हुन्थ्यो । दोषी नै भएर जसरी पक्राउ गर्नु पर्ने थिएन । अनुसन्धानबाट के हो भन्ने थाहा हुन्छ । तर, प्रहरीले अफिसमा नै गएर अपराधी जसरी पक्राउ गर्ने हुदैन थियो । हामीले त्यही विषयको जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हौं । सबै निजी क्षेत्रको पत्रकार सम्मेलनमा सहभागीता रहन्छ ।’

बिग्रको अर्थतन्त्रलाई सुधार गर्ने प्रयास भइरहेको बेला सरकारले उद्योगीलाई पक्राउ गर्दा लगानी सम्मेलनलाई समेत नकारात्मक अनसर पर्ने अग्रवालले बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले लगानी सम्मेलनको मुखमा उद्योगीलाई पक्राउ गर्नु गलत रहेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘लगानी सम्मेलनको मुखमा उद्योगीलाई दोषी जसरी पक्राउ गर्नु लगत हो । यसले निजी क्षेत्रलाई हत्तोउत्साहीत बनाउछ । लगानीको वातावरण पनि विगार्छ । अब नयाँ लगानी आउनुभन्दा पनि पुराना लगानी कर्ताले के सोच्दै छन् भने पनि हुन्छ ।’

चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रले घोर आपत्ति जनाएको छ । उद्योगी–व्यवसायीको मानमर्दन हुने गरी यस किसिमले गरिएको धरपकडका सम्बन्धमा निजी क्षेत्रले आफ्नो विस्तृत धारणा सार्वजनिक केही बेरमा गर्दै छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर