अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा सञ्चालन गर्न अध्ययन समिति गठन – Nepal Press

अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा सञ्चालन गर्न अध्ययन समिति गठन

काठमाडौं । सरकारले काठमाडौं पोखरा, भैरहवा र पुर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक–निजी साझोदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नका लागि अध्ययन समिति गठन भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो ।

विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धीसागर लामिछाने, लगानीबोर्डका सहसचिव र नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको पाँच सदस्य समिति गठन गरेको हो ।

त्यस्तै वायुसेवा निगम करार व्यवस्थापनका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा व्यवस्थापन विज्ञ टिकराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरि पाँच सदस्यीय समिति गठन भएको छ ।

समितिलाई ४५ दिनको समयावधि दिइएको छ । यससँगै तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडा नयाँ व्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शत्तीखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने संभावित रकम सरकारले व्यवस्था गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *