युरोप पठाइदिने भन्दै ६०० जनाभन्दा बढीबाट करोडौं ठग्ने एकजना पक्राउ (भिडिओ) – Nepal Press

युरोप पठाइदिने भन्दै ६०० जनाभन्दा बढीबाट करोडौं ठग्ने एकजना पक्राउ (भिडिओ)

काठमाडौं । माल्टा लगायतका देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ६०० बढीलाई ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विकाश वाईवा भन्ने सुजन तामाङ गरेका छन् ।

काठमाडौंको बालाजुमा यूरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकाश वाईवाको नक्कली परिचय पत्र बनाएर ठगीमा संलग्न थिए ।

उनले माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ।

यस्तै आफ्ना भाइ सुवास तामाङको खातामा साढे १५ लाख जम्मा गरेको, जलविद्युत सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखमा सुनको ब्रासलेट समेत खरिद गरेको पाइएको छ

प्रहरीका अनुसार अहिलेसम्म ७० जनाले मुद्दा दर्ता गरेको र उनीहरूको ३ करोड २५ लाख २२ हजार बिगो देखिएको छ ।

माघ १७ गते पक्राउ गरी उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर