कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छु : अर्थमन्त्री महत (भिडिओ) – Nepal Press

कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छु : अर्थमन्त्री महत (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

उनले चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट हिचकिचाइन आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित रहेको बताए ।

उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताए । उनले बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताए ।

मन्त्री महतले देशको अर्थतन्त्रले बिस्तारै लय समातिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर