सेवाग्राहीसँग रकम लिने नवलपरासीका अमिन अख्तियारको फन्दामा – Nepal Press

सेवाग्राहीसँग रकम लिने नवलपरासीका अमिन अख्तियारको फन्दामा

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार रुपैयाँ घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

नापी कार्यालय पश्चिम नवलपरासीमा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिन सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *