सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन एमाले प्रमुख सचेतक गिरीले दिए यस्ता सुझाव – Nepal Press

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन एमाले प्रमुख सचेतक गिरीले दिए यस्ता सुझाव

काठमाडौं । एमाले प्रमुख सचेतक पदम गिरीले सामुदायिक विद्यालयहरुमा विद्यार्थी घट्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । पर्वत जिल्लाको पूर्णेश्वर माविको ६३ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै सांसद गिरीले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका गिरीले विद्यालयहरुमा निरन्तर विद्यार्थी घट्दै जाँदा विद्यालय सञ्चालनमा समस्या हुने गरेको उल्लेख गरे । विद्यालयमा गुणस्तरीय शिक्षा व्यवस्थापन गरी विद्यालयहरुलाई मर्ज गरेर भए पनि सामुदायिक विद्यालयहरुको व्यवस्थापन गरिनुपर्नेमा गिरीले जोड दिए ।

ग्रामीण क्षेत्रहरुमा रहेका कतिपय सामुदायिक विद्यालयहरुमा निकै कम मात्र विद्यार्थी संख्या हुने गरेको भन्दै त्यस्ता विद्यालयहरुलाई मर्ज गरेर भए पनि विद्यार्थीलाई गुणस्तरीय र सुविधायुक्त सेवा दिनुपर्ने गिरीको भनाइ छ ।

वर्तमान शिक्षा प्रणालीमा अंग्रेजी माध्यमको अध्यापनमा विद्यार्थीको आकर्षण हुने गरेका कारण सरकारी विद्यालयहरुले पनि अंग्रेजी माध्यमको अध्यापनलाई प्राथमिकता दिएर विद्यार्थीको भर्नादर बढाउनुपर्ने गिरीको सुझाव छ ।

गिरीले देशमा स्वास्थ्य, शिक्षा सरकारले निशुल्क गर्नुपर्ने धारणा राख्दै शिक्षा क्षेत्र नेपालमा निकै महंगो बन्दै गएको बताए । नीजि क्षेत्रले सञ्चालन गरेको शिक्षालयहरुमा निकै महंगो शुल्कमा विद्यार्थीले अध्ययन गर्नपर्ने बाध्यता रहेको गिरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर