जाजरकोटमा कुटिएकी चिनियाँ महिलालाई डिपोट – Nepal Press

जाजरकोटमा कुटिएकी चिनियाँ महिलालाई डिपोट

काठमाडौं । जाजरकोटमा कुटिएकी चिनियाँ महिला गैरकानुनी रुपमा नेपालमा बसेको खुलाासा भएको छ ।

ईजे ८०२६७९५ राहदानी नम्बरचिनियाँ महिला सोउ सिच्याङ भिसा म्याद सकेर नियमित नगरी ओभरस्टे गरेर बसेको पाइएको हो । उनलाई यस भिसा बर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी नेपालबाट निष्कासन गर्न गृहमन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएको छ ।

पत्रमा भनिएको छ,‘भिसा नियमित नगरी ओभरस्टे भएका देहायका विदेशी नागरिकलाई अध्यागमन ऐन, २०४९ को दफा ९ तथा अध्यागमन कार्यबिधि २०६५ को दफा ६।३९२० देहायको ९१०० बमोजिम यस भिसा बर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी नेपालबाट निष्कासन गर्न २०८०र०९र०२ मा ९नि। सचिवस्तरीय० निर्णय भएकोले उक्त निर्णयको सक्कलै फाइल आवश्यक कार्यार्थ फिर्ता पठाएको व्यहोरा अनुरोध छ ।’

गृहको पत्रलगतै उनलाई डिपो गरिएको अध्यागम विभागका प्रमुख रुदसिंह तामाङले बताए । गत मंसिरमा जाजरकोटमा राहत लिएर गएकी सिच्याङमाथि माओवादी कार्यकर्ताले कुटपिट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *