नेम्बाङलाई उपचारका लागि काठमाडाैं लगियो  – Nepal Press

नेम्बाङलाई उपचारका लागि काठमाडाैं लगियो 

फुङलिङ ।  प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौं लगिएको हो ।

नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङलिङ आएका उनी अचानक बिरामी परेका हुन् ।

सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौं लगिएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए । जिल्ला अस्पतालले उनलाई उपचारका लागि  सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि काठमाडाैं लगिएकाे अध्यक्ष थेबेले बताए ।

पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन् । उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका थिए । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो ।

तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ आएको अध्यक्ष थेबेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर