शेयर बजार २ हजारको बिन्दुमा झर्‍यो – Nepal Press

शेयर बजार २ हजारको बिन्दुमा झर्‍यो

काठमाडौं । तीन दिनसम्म बढेको शेयर बजार चौथौ दिन दोहोरो अंकले घटेको छ ।

साताको पहिलो दिन आइतबारदेखि दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक चौथो दिन बुधबार २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा डिएको हो ।

यसदिन बजारमा १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । गत सोमबार मात्रै १० अंकले बढेर २१ सयको बिन्दुमाथि पुगेको परिसूचक आज २१ अंकले घटेर २१ सयको बिन्दुभन्दा तल झरेको हो ।

आजको कारोबारमा समलिङ पावर कम्पनी, मन्दकीनी हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सार्वधिक नाफा कमाएका छन् भने मेँछियम हाइड्रोपावर लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर स्याङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

बुधबार बजार पूँजीकरण ३२ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर