नेपाल प्रेसकर्मी जिसी खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित (भिडिओ) – Nepal Press

नेपाल प्रेसकर्मी जिसी खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित (भिडिओ)

काठमाडौं । नेपाल प्रेसकर्मी रिखिराम जिसीलाई यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएको छ । जिसी गण्डकी प्रदेश ब्युरोमा कार्यरत् छन् ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा बुधबार आयोजित कार्यक्रमबीच खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उनलाई सम्मान गरे । पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद २५ हजार रूपैयाँसहित जिसी सम्मानित भएका हुन् ।

सोही कार्यक्रममा मोरङका हरिप्रसाद कोइराला, बाराका तिवारी यादव, धादिङका गोविन्दराज नेपाल, कास्कीका रोहितराज पराजुली, जुम्लाका नन्दराम जैशी, डडेल्धुराका नवराज पनेरु र दैलेखकी रजनीकुमारी योगीलाई पनि पनि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

धादिङका गोविन्द रेग्मीलाई ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *