रुख काट्न लगाउने वडाध्यक्ष पाण्डेको गुनासो- बाँदरले दिएको दु:ख शहरकाले बुझेनन् (भिडिओ) – Nepal Press

रुख काट्न लगाउने वडाध्यक्ष पाण्डेको गुनासो- बाँदरले दिएको दु:ख शहरकाले बुझेनन् (भिडिओ)

'भुइँमा भए धपाउन त सकिन्छ'

पोखरा । बाँदर नियन्त्रणका लागि रुख काट्ने निर्णयले यतिखेर चर्चामा छ पोखरा महानगरपालिकाको १९ नम्बर वडा । महानगरले वडाध्यक्षको निर्णयमा रोक लगाइसकेको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफ्नो निर्णयको बचाउ गरेका छन् । ठूला रुख काट्नु प्राथमिक उपाचार भएको तर रुख काट्दैमा बाँदर सबै नियन्त्रण हुने कुरा आफूहरूले नगरेको उनको प्रष्टोक्ति छ ।

अध्यक्ष पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ-आफ्ना घरवरपरका रुख काट्न सूचना निकालेका थिए । आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको उनको दाबी छ । आफ्नो निर्णयको सर्वत्र आलोचना भएपछि बाँदरको बारेमा नजानेकाहरूले यसरी टिकाटिप्पणी गरेको पाण्डेले बताए ।

बाँदरको समस्या आफ्नो क्षेत्रमा गम्भीररूपमा रहेको र पकाएको खानेकुरासमेत खान नपाउने अवस्था सिर्जना भइसकेकाले यो निर्णय लिनुपरेको उनको भनाइ छ । वडावासीले बाँदर नियन्त्रण गरिदिए आगामी १० वर्षसम्म आफूहरूलाई केही नचाहिने कुरा राखेको पाण्डेको भनाइ छ । काटिएका रुखका स्थानमा लप्सी, काफल लगायतका बोटबिरुवा र फलफूलहरु लगाउने अभियान आफूहरूको रहेको उनको प्रष्टीकरण छ ।

पाण्डेले भने, ‘हाम्रो यहाँ बाँदर नियन्त्रण समिति बनेको थियो । बाँदरको बारेमा नजानेका मानिसहरूले भन्नु स्वाभाविक नै हो । शहरकाहरूले भन्नु । बालीनाली भित्र्याउन त परको कुरा पकाएको भातसमेत खान पाएका छैनन् । जनता हामीलाई बाटो चाहिएन, अरु विकास चाहिएन, बाँदर नियन्त्रण गर्नुपर्छ भन्छन् । बाँदर नियन्त्रण गरे अरु १० वर्ष केही बनाउनु पर्दैन भन्ने छ । चर्को जनदबाब छ । त्यो नियन्त्रणका लागि समिति नै बनाएका छौं ।’

उनले पहिले वनमा प्रशस्त खानेकुरा हुने पहिला र वनमै रमाउँदै आएपनि बस्ती पातलो भएको र खेतबारीमा वनजंगल भएकोले नजिकै भुइँमा भए धपाउन त सकिन्छ ।


प्रतिक्रिया

One thought on “रुख काट्न लगाउने वडाध्यक्ष पाण्डेको गुनासो- बाँदरले दिएको दु:ख शहरकाले बुझेनन् (भिडिओ)

  1. खुकुरिको चोट अचानुलाई मात्र थाहा हुन्छ भनेझै खानेकुरा आँफै उब्जाएर खाने किसानलाई थाहा छ बाँदरले कति बिघ्न पारेको छ,कति सताएको छभन्नेकुरा।शहरमा बस्ने बिहान बेलुका बजार गएर किनेर ल्याएर पकाएर खानेहरुलाई त जति उदारता देखाए पनि भयो नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *