इमरान खानका दुई दुःख: आठ दिनको अन्तरमा चुनाव चिह्न अस्वीकारदेखि कैद फैसलासम्म – Nepal Press

इमरान खानका दुई दुःख: आठ दिनको अन्तरमा चुनाव चिह्न अस्वीकारदेखि कैद फैसलासम्म

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई चुनाव अगाडि दुई दुःख आइपरेका छन् । पहिलो दुःख हो- पार्टीको लोकप्रिय चुनाव चिह्न बन्देज गरिनु ।

आठ दिन अगाडि गत डिसेम्बर २२ मा पाकिस्तानको निर्वाचन आयोगले खानको दल पीटीआईलाई उनको लोकप्रिय चुनाव चिह्न ‘क्रिकेट ब्याट’ नदिने निर्णय गरेको थियो । पाकिस्तानको राष्ट्रिय क्रिकेटका पूर्वक्याप्टेन खान र उनको पार्टीलाई चिनाउने चुनाव चिह्न निर्वाचन आयोगले दिन अस्वीकार गरेको थियो ।

अलजजिराका अनुसार खानको दल पीटीआईले आफ्नो दलको आन्तरिक चुनाव नगरेको भन्दै चुनाव चिह्न दिन निषेध गरेको हो । खानको दलले भने सन् २०२२ जुन ८ मा चुनाव गरेको थियो । त्यो चुनावलाई निर्वाचन आयोगले मान्यता दिएन ।

अलजजिराका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफको दबाबले निर्वाचन आयोग चुनाव चिह्न दिनबाट पछि हटेको थियो । खानको दलबाहेक अन्य १३ साना दललाई पनि चुनाव चिह्न दिइएको छैन ।

चुनाव चिह्न नपाएको एक हप्तापछि खानलाई रावलपिण्डीको विशषे अदातलले १० वर्ष कैद फैसला सुनाएको छ । फेब्रुअरी ८ मा हुने चुनाव आउन आठ दिन बाँकी हुँदा अदालतले यस्तो फैसला गरेको हो ।

पाकिस्तान राज्यको गोपनीयतामा खलल पुर्‍याएको भन्दै अदालतले यस्तो फैसला गरेको अलजजिराले उल्लेख गरेको छ । सन् २०१८ अगस्ट १८ मा प्रधानमन्त्री भएका खान सन् २०२२ अप्रिल १० मा सत्ताबाट बाहिरिएका थिए । संसदमा विश्वासको मत नपाएर उनी बाहिरिएका हुन् ।

अहिले पाकिस्तानमा कामचलाउ सरकार रहेको छ । कामचलाउ सरकार आएपछि खानलाई विभिन्न मुद्दामा थुनामा राखिँदै आएको छ । खानको मुद्दा कानूनीभन्दा राजनीतिक प्रतिशोधको मुद्दा भएको उनको दल बाहिरकाहरुले पनि आरोप लगाउँदै आएका छन् ।

याे पनि पढ्नुस्: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *