पचहत्तर वर्षमा नागरिकता – Nepal Press

पचहत्तर वर्षमा नागरिकता

पथरी (मोरङ) । लेटाङ नगरपालिका–३ की नेप्टी दर्जीले ७५ वर्षको उमेरमा नागरिता प्राप्त गरेकी छन् । घरपरिवारविहीन दर्जीको अहिलेसम्म आफन्त कोही नभएका कारण नागरिताविहीन हुनुपरेको थियो ।
उनले लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राईको पहलमा नागरिकता प्राप्त गरेकी हुन् । बोल्न र सुन्न नसक्ने दर्जी शारीरिक रुपमा समेत अशक्त हुन् । उनले नागरिकताबाट वञ्चित हुँदा राज्यबाट पाउने सेवासुविधाबाटसमेत वञ्चित हुनुपरेको थियो ।
दर्जी चार दशकअघिदेखि लेटाङबजार आसपासमा बेसहारा भई हिँड्डुल गर्दै आएकी छन् । उनको नागरिकतामा सनाखत गर्ने कोही नभएकाले उनी नागरिकता पाउनबाट वञ्चित भएकी थिइन् । उनको नागरिकतामा वडाध्यक्ष राईले सनाखत गरेका छन् । एक सहाराविहीन आमालाई नागरिकता दिलाई वडाध्यक्ष राईले सिङ्गो नगरपालिकाको इज्जत बढाउन सफल भएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले बताए ।
वडाध्यक्ष राईले मोरङका प्रमुख जिल्ला अधिकारीको सल्लाहअनुसार दर्जीको संरक्षक भई नागरिकता दिलाउन सफल भएको बताए । दर्जीलाई सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले लेटाङ नगरपालिकाको परिसरमा आई नागरिकता हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर