बीपीका उपकुलपतिमाथि मोबिल छ्यापेर दुर्व्यवहार, वैद्यका ३ कार्यकर्ता पक्राउ (भिडिओ) – Nepal Press

बीपीका उपकुलपतिमाथि मोबिल छ्यापेर दुर्व्यवहार, वैद्यका ३ कार्यकर्ता पक्राउ (भिडिओ)

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा. प्रल्हाद कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गरिएको छ ।

कार्यकक्षमा भेट्ने बहानामा वैद्यनिकट क्रान्तिकारी माओवादीका कार्यकर्ताले मोबिल छ्यापेकोमा त्यहाँ रहेका सुरक्षाकर्मीले छेकेका थिए । उनीहरूले प्रतिष्ठान र कर्मचारीलाई बन्धक बनाएको भन्दै कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।

अभद्र व्यवहारमा संलग्न आरोपमा सम्राट थापा, निशान राई र भीम सुराखेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रतिष्ठानका कर्मचारी र चिकित्सकहरू भिसी कार्कीविरुद्ध लामो समयदेखि आन्दोलनमा रहेको बेला वैद्यनिकट कार्यकर्ता आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *