प्रवासमा सङ्गठन विस्तार गर्दै जसपा – Nepal Press

प्रवासमा सङ्गठन विस्तार गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रवासमा सङ्गठन विस्तार अभियानलाई तिव्रता दिएको छ । जसपाको राष्ट्रिय महाधिवेशनको मिति तय भएसँगै मातहत समिति गठन, पुनर्गठन भइरहेका छन् भने प्रवास सङ्गठनहरुको अधिवेशन भइरहेको छ ।

जसअनुसार नेपाली समाज युएईको पाँचौ अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट मुम्चे राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा शोभा शर्मा, भूपाल पौडेल महासचिवमा धनकृष्ण राई सचिवमा रञ्जु राई र कोषाध्यक्षमा दीपक गुरुङ निर्वाचित भएका छन् ।

यस अघि कतारको दोहामा सम्पन्न अधिवेशनबाट मनिस यादवको नेतृत्वमा २५ सदस्यीय नेपाली समाज कतार समिति निर्वाचित भएको थियो । त्यस्तै नेपाली समाज अमेरिकाको पनि अधिवेशन सम्पन्न भइसकेको छ । जसपाले प्रवासमा रहेका नेपालीहरुलाई आवद्ध गर्न प्रवास समिति बनाउने गरेको छ । जसअनुसार अठार मुलुकमा जसपाको प्रवास समिति रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर