बीपी कोइरालाले पनि जनतासँग धारणा बुझेर कांग्रेसको नीति बनाउनुभएको थियो : गोविन्द पोखरेल (भिडिओ) – Nepal Press

बीपी कोइरालाले पनि जनतासँग धारणा बुझेर कांग्रेसको नीति बनाउनुभएको थियो : गोविन्द पोखरेल (भिडिओ)

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले कांग्रेसले शुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा भुईं मान्छेका कुरा सुनिने बताएका छन् ।

चितवनमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए ।

गाउँगाउँमा पुगेर आमनागरिकको धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ छ ।

बीपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएको भन्दै नेता पोखरेलले अहिलेको परिवेशअनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने दाबी गरे ।

‘बसाइसराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञानलगायतका कारण परिवेश फेरिएको छ’, उनले भने, ‘सोहीअनुसार अघि बढ्न अभियान गरिएको हो ।’

गाउँगाउँमा नागरिकसँगै पेशाकर्मीहरुसँग छलफल गरेर पार्टीले धारणा बनाउन अभियान शुरु गरिएको उनले बताए ।


प्रतिक्रिया

One thought on “बीपी कोइरालाले पनि जनतासँग धारणा बुझेर कांग्रेसको नीति बनाउनुभएको थियो : गोविन्द पोखरेल (भिडिओ)

  1. अहिले त दिल्लीबाट भाउजू हुँदै काँग्रेसले नीति बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर