माधवलाई झलनाथको जवाफ- जबज भन्ने हो भने ठूलो जबजवाला एमालेमा किन नजाने ? (भिडिओ) – Nepal Press

माधवलाई झलनाथको जवाफ- जबज भन्ने हो भने ठूलो जबजवाला एमालेमा किन नजाने ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद नै मान्ने हो भने नेकपा एमालेमा जानु उपयुक्त हुने बताएका छन् ।

पार्टीको केन्द्रीय परिषद् बैठक समापन समारोहलाई सम्बोधन गर्दै खनालले पार्टीको महाधिवेशनले नीतिमा प्रष्टता नल्याउने हो भने नेकपा एस समाप्त हुने बताए ।

खनालले भने, ‘क्रान्तिको बाटोमा छ्यांग हुनेगरी नीति तय गर्नुपर्छ । अलमल भयो भने कहिले जबज भन्ने, कहिले समाजवादी कार्यदिशा पनि भन्ने, हामी कता जाने ? जबज भन्ने हो भने ठूलो जबजमा किन नजाने ? ठूलो जबजवाला त एमाले छ । हामीले भन्दा केपीले भनेको सुन्छन् । यसमा हामी प्रस्ट हुनुपर्छ ।’

पार्टी अध्यक्ष माधव नेपालले जबज छाड्नु आत्मघाती हुने बताएका छन् । खनालले भने जबजको बाटोबाट नेकपा एस कतै पनि नजाने बताए ।

उनले जबज मान्ने भए लेनिनले किन मानेनन् भन्ने प्रश्नसमेत उठाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर