नेकपा एसले सरकारलाई भन्यो- सहकारी समस्याको विकल्प दिनू, भ्रष्टाचारविरुद्धको अभियानमा बहाना नखोज्नू (पूर्ण पाठ) – Nepal Press

नेकपा एसले सरकारलाई भन्यो- सहकारी समस्याको विकल्प दिनू, भ्रष्टाचारविरुद्धको अभियानमा बहाना नखोज्नू (पूर्ण पाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । केन्द्रीय परिषद्को दोस्रो बैठकले विभिन्न समसामयिक विषयमा प्रस्ताव पारित गरेको हो ।

महासचिव घनश्याम भुसालका अनुसार एनसेलको शेयर न्यून मूल्याङ्कन गरी बिक्री गर्ने र अर्बौं रकम कर छली गर्ने संगठित प्रयत्न गरेको घटनाप्रति बैठकले गम्भीर रुपमा ध्यानाकर्षण गरेको छ । यसबारेमा सत्यतथ्यको खोजी गरी आर्थिक अपराध गर्न दुरुत्साहन गर्ने गराउने जोसुकैलाई पनि पत्ता लगाइ कानूनी कारबाही गर्न र एनसेलको स्वामित्व सरकारमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ ।

बैठकले सहकारी क्षेत्र आज दिनानुदिन संकटग्रस्त बन्दै गएकोमा हाम्रो पार्टी गम्भीर चिन्ता व्यक्त गर्दै कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग र बचतको अपचलन गरी जनताको ठूलो धनराशिमा आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरु सार्वजनिक भइरहेकाले सहकारी क्षेत्रमा आर्थिक अनुशासन कायम गर्न र जनताको सम्पत्ति डुब्न नदिन नेपाल सरकारले सशक्त अनुगमन गर्न तथा आवश्यक कानूनहरुको निर्माण गरी सही दिशा दिन माग गरेको छ ।

मुलुकको लिम्पियाधुरा तथा कालापानीलगायतका क्षेत्रहरुमा भएको अतिक्रमणको विरोध गर्दै पार्टीले अतिक्रमित भूमि फिर्ता गर्न नेपाली जनताले दबाब बढाइरहेकोमा ऐक्यबद्धता जनाउँदै सो क्षेत्र फिर्ता गराउन सरकारलाई प्रभावकारी कदमहरु चाल्न ध्यानाकर्षण गराएको छ ।

संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि आज विभिन्न कोणबाट हमला भइरहेको अवस्थाप्रति सचेत रहँदै यो सबै खाले पुनरुत्थानवादी विचार र क्रियाकलापको राजनीतिक तथा वैचारिक रुपमा प्रतिवाद गर्नु आवश्यक रहेको निष्कर्ष निकाल्दै यसका लागि सबै अग्रगमनकारी राजनीतिक शक्तिहरुबीच घनीभूत संवाद र सहकार्य आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

सरकारले भ्रष्टाचारका विरुद्धमा देखाएको सक्रियताले जनतामा आशा जगाएको उल्लेख गर्दै कुनै पनि बहानामा त्यसलाई नरोक्न जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर