मधेशबाट गगनले भने- मैले पार्टीमा फरक मत राखेर ठीक गरें, गुटको पछि लाग्दा थाङ्नामा सुताइदिन्छन् (भिडिओ) – Nepal Press

मधेशबाट गगनले भने- मैले पार्टीमा फरक मत राखेर ठीक गरें, गुटको पछि लाग्दा थाङ्नामा सुताइदिन्छन् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभाको उम्मेदवार चयनमा आफूले फरक मत राखेर ठीक गरेको बताएका छन् ।

सप्तरीमा समुदायमा का‌ग्रेस अभियानको क्रममा त्यहाँका नेता कार्यकर्ताले मधेशका मान्छेहरुलाई अवसर नदिने, कोटामा सीमित गरिदिने भन्दै प्रश्न उठाएपछि उनले आफूले फरक मत राखेको सुनाए ।

उनले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा रहँदा पनि केही विषयहरु उठाएर मैले फरक मत लेखेको कुरा ठीक लेखेछु भन्ने लागेको छ । तपाईंहरुले जे कुरा उठाउनुभएको छ, मेरो फरक मतको मूल विषय पनि त्यही थियो । अब यहाँबाट गइसकेपछि मैले सभापति र अरु नेता साथीहरुलाई काठमाडौंमा तपाईंहरुलाई लागेको जस्तो होइन रहेछ है, म मधेश घुमेर आउँदा जबरजस्त माग र गुनासो रहेछ। पार्टीले काम गर्ने विषयलाई मैले जोडदार ढंगले राख्नुपर्छ । राख्नेमात्रै होइन गराउने पनि हो ।’

उनले पार्टीको निर्णयबाट सिंगो देशको प्रतिनिधित्व गर्छौं भनेर कांग्रेसले देखाउनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘काठमाडौंमा ठूला नेताहरुको गुटमा लागेर केही काम छैन । सबैले आफ्नो घर वरिपरि घुमाएर तपाईंलाई थाङ्नामा सुताइदिने हो । त्यसैले आफ्नो घर आफैंले बलियो बनाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर