परराष्ट्रमन्त्री साउद र नोवेल शान्ति पुरष्कार विजेता कैलाशबीच भेट – Nepal Press

परराष्ट्रमन्त्री साउद र नोवेल शान्ति पुरष्कार विजेता कैलाशबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा सोमबार उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बाल अधिकारलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पुर्‍याएको योगदानको चर्चा गरे ।

सत्यार्थीलाई सन् २०१४ मा बाल अधिकारको क्षेत्रमा काम गरेवापत नोवेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुगेका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्च महिनामा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलनको तयारीबारे पनि छलफल भएको थियो ।

लुम्बिनी सरकारले लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ शिखर सम्मेलन आयोजना गर्दैछ ।

लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०÷०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै समेटेको शिखर सम्मेलन मार्च ११ र १२ मा आयोजना हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर