भारतीय गणतन्त्र दिवसमा मैत्री कार्यक्रम, पारस्परिक सहकार्यबाट लाभ लिन सर्वदलीय आह्वान – Nepal Press

भारतीय गणतन्त्र दिवसमा मैत्री कार्यक्रम, पारस्परिक सहकार्यबाट लाभ लिन सर्वदलीय आह्वान

काठमाडौं । भारतको ७५ औं गणतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा दुई देशबीचको प्राचीन सम्बन्धदेखि आर्थिक सहकार्यका विषयमा वृहत कार्यक्रम आयोजना भएको छ । नेपाल भारत मानव विकास एवं मैत्री संघ, नेपाल भारत मैत्री अस्पताल,काठमाडौं महानगरपालिका वडा नम्बर ८ र नेपाल कृषि सहकारी केन्द्रीय संघको संयुक्त आयोजनामा सोमवार मित्रपार्कमा आयोजित कार्यक्रममा कत्थक नृत्यलगायत सांस्कृतिक प्रस्तुति समेत देखाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले भारतसँग नेपालको सम्बन्ध कुटनीतिभन्दा माथिको रहेको भन्दै कसैले पनि दुई देशबीचको सम्बन्धमा खलल ल्याउन नसक्ने बताए । उनले नेपाल भारतबीचको सीमा विषयमा पनि कुटनीतिक संवाद शुरु भइसकेकाले अब कुनै समस्या नरहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका सांसद किरण साह,माओवादी केन्द्रका सांसद नारायण दाहाल,जसपा सांसद रेखा यादव,संविधान सभा सदस्य रन्जु ठाकुर,पुर्व मन्त्री तारिणीदत्त चटौत लगायतले केही तत्वले नेपाल भारतबीचको सम्बन्धमा गलत प्रचार गरे पनि जनता र सरकारको स्तरबाट कुनै समस्या नरहेको बताए ।

सोही कार्यक्रममा उपस्थित भारतीय दूतावासका प्रथम सचिव प्रसन्न श्रीवास्तले पछिल्ला वर्षमा नेपाल र भारतबीचको सम्बन्धमा धेरै राम्रो प्रगति भएको भन्दै सन् २०२३ यसमा माइलस्टोन बनेको बताए । उनले नेपाल भारतको अभिन्न छिमेकी भएको र यहाँका जनता तथा सरकारसँग मिलेर काम गर्ने बताए ।

कार्यक्रम आयोजक नेपाल भारत नेपाल भारत मानव विकास तथा मैत्री संघका अध्यक्ष तथा नेपाल भारत मैत्री अस्पतालका संरक्षक सुर्य भुसालले भारतसँगको सम्बन्धले नेपालले जति उपलब्धि लिन सक्ने हो, कतिपय नेपालकै व्यक्तिका कारण त्यो नसकिएको भन्दै सबै क्षेत्रमा भारतसँग सहकार्य गर्नुको विकल्प नरहेको बताए ।

गणतन्त्र दिवसका अवसरमा ३ दिने नेपाल भारत मैत्री निःशुल्क चिकित्सा शिविर समेत आयोजना भएको भुसालले बताए । सोही अवसरमा नेपाल भारत मैत्री अस्पतालले स्थानीयसँग आबद्धताको घोषणा समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर