सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ आन्तरिक आगमन भवन (तस्विरहरु) – Nepal Press

सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ आन्तरिक आगमन भवन (तस्विरहरु)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल अर्थात ‘डोमेस्टिक अराइभल’ सञ्चालनमा ल्याएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब साढे ६ करोड रुपैयाँ लागतमा निर्माण गरिएको नयाँ आन्तरिक आगमन भवन सञ्चालनमा ल्याएको हो ।

यसअघि आन्तरिक टर्मिनलभित्रै आगमन (अराइभल) र प्रस्थान (डिपार्चर) सञ्चालनमा थियो ।

नयाँ आन्तरिक आगमनमा एउटामात्रै बेल्ट सञ्चालन गरिएको र दोस्रो बेल्ट पनि छिट्टै सञ्चालनमा ल्याइने विमानस्थलले जनाएको छ । नयाँ आगमनस्थलबाट प्रतिघण्टा ४०० यात्रुलाई सेवा प्रदान गर्न सकिने विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनले भने, ‘आन्तरिक टर्मिनलमा हुने भीडलाई कम गर्न र बढी यात्रुलाई सेवा दिन नयाँ अराइभल सञ्चालनमा ल्याइएको हो । अहिले नयाँ भवनमा एउटा बेल्टबाट सेवा दिइरहेका छौं । अर्को बेल्ट छिट्टै जडान गरेर प्रतिघण्टा ४०० यात्रुलाई सेवा दिइनेछ ।’

२०७९ सालको असारमा नयाँ अन्तरिक आगमन भवन बनाउने काम सुरु गरिएको थियो । करिब १९ महिनापछि भवन निर्माण सकाएर सञ्चालनमा ल्याइएको प्रवक्ता झाले बताए ।

तस्विरहरु : उमेश कार्की


प्रतिक्रिया

One thought on “सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ आन्तरिक आगमन भवन (तस्विरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर