पूर्वराजालाई भेटेपछि दुर्गा प्रसाईंले लेखे- धैर्य गर्नुस्, देशले छिट्टै निकास पाउनेछ – Nepal Press

पूर्वराजालाई भेटेपछि दुर्गा प्रसाईंले लेखे- धैर्य गर्नुस्, देशले छिट्टै निकास पाउनेछ

काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्रसाईंले आज बिहान पूर्वराजा ज्ञानेन्द्रसँग भेटेपछि देशले छिट्टै निकास पाउने बताएका हुन् ।

उनले सामाजिक फेशुबकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकार संगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । धैर्य गर्नुहोला ।’

हिजोमात्रै प्रसाईंले अभिनेत्री मनिषा कोइरालासँग भेटवार्ता गरेका थिए । काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर सुस्ताइरहेका प्रसाईं मनिषासँगको भेटपछि उत्साही बनेपछि आज पूर्वराजासँ भेटवार्ता गरेको हुन् ।

राष्ट्र बचाउ महाअभियानमार्फत् राजतन्त्र ल्याउनेदेखि लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुलाई साथ लिएर आन्दोलनमा छन् ।


प्रतिक्रिया

One thought on “पूर्वराजालाई भेटेपछि दुर्गा प्रसाईंले लेखे- धैर्य गर्नुस्, देशले छिट्टै निकास पाउनेछ

  1. साथीले अर्को किस्ता बजाएजस्तो छ । चैत्र मसान्तमा सहज होलाजस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर