चरनका लागि अछाम पुगेका भेडा बिरामी, प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक टोली पठाउँदै – Nepal Press

चरनका लागि अछाम पुगेका भेडा बिरामी, प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक टोली पठाउँदै

सुर्खेत । जुम्लाबाट चरनको लागि अछाम पुगेका भेडामा पखाला र पेट फुल्ने समस्या देखिए पछि कर्णाली प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक टोली गैडाँहा पठाउने भएको छ ।

जुम्ला जिल्लाका तातोपानी, तिला, सिँजा र हिमा गाउँपालिकाका भेडापालक किसानहरूले सुदूरपश्चिम प्रदेश अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ६ गैडाँडामा चरिचरणको लागि भेडाहरू लिएर गएका थिए ।

त्यहाँ पुगेका १२ सय भेडाहरू मध्ये २ सय भेडामा गत एक साताबाट पखाला लाग्ने पेट फुल्ने समस्याका कारण ५० भेडा मरेको भेडा पालक किसान नन्द बहादुर बमले फोन मार्फत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मालाई जानकारी दिएका थिए ।

त्यस्तै, भेडा पालक सुशील बमले लिखित निवेदन मार्फत जानकारी दिएका थिए ।

तत्काल समस्या समाधानको लागि कर्णाली प्रदेश सकारले औषधी सहितको पशु चिकित्सक टोली गैडाँडा पठाउन लागेको मन्त्री शर्माले जानकारी दिएका छन् ।

मन्त्री शर्माले कर्णालीबाट अछाम टोली तत्काल पुग्न सकिने अवस्था नरहेको बताउँदै तत्काल किसानको समस्या समाधान गर्न भोलि नै औषधी सहितको पशु चिकित्सक टोली अछाम पठाउन मन्त्रालयका सचिव पशु विकास महाशाखा प्रमुखलाई निर्देशन गरी सकेको जानकारी दिए ।

किसानको समस्या आउन साथ सुदूरपश्चिम सरकार कृषि मन्त्रालयका कृषि सचिवसँग समन्वय गर्न मन्त्रीको निर्देशन पछि सुदूरपश्चिम प्रदेश सकारका कृषि सचिव डाक्टर मदन धामीसँग समन्वय गरेको प्रदेश सचिव नरहरि प्रसाद घिमिरेले बताए ।

समन्वय पछि प्रभावित क्षेत्रमा सुदूरपश्चिमबाट पशु चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा जाने प्रदेश सचिव डाक्टर नरहरि प्रसाद घिमिरेले जानकारी दिए ।

‘हाम्रो आयस्रोतको एक मात्रै माध्यम भेडा पालन हो’, भेडा पालक कृषक बमले भने, ‘भेडा पालन व्यवसाय अज्ञात रोगको समस्या देखिएकाले प्रदेश सकारबाट समस्या समाधानको लागि पहल गरिदिन अनुरोध गर्न सुर्खेत आएको थियौँ ।’

सरकारले किसानको समस्या प्रति चिन्तित हुँदा खुसी लाग्यो । मन्त्री शर्माले भोली नै प्रभावित क्षेत्रमा पशु चिकित्सक टोली पठाउन लागेको खबरले प्रदेश सरकार किसानको पशुधन सुरक्षामा चिन्तित हुँदा थप किसानको क्षति नहुने बताए।

प्रत्येक वर्ष भेडा चराउन अछाम लिने गरेको र अहिले सम्म यस्तो समस्या कहिल्यै नआएको किसान बमले जानकारी दिए ।

मंसिरको महिना चरिचरणको लागि अछाम प्रस्थान गरेका भेडा करिब डेढ महिना पछि पुस ६ गते अछाम पुगेको र अछाम पुगेपछि भेडामा पखाला लाग्ने, पेट फुल्ने समस्या देखिन थालेको किसान बमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *