मानिस सर्वश्रेष्ठ कि विनाशकारी प्राणी ? – Nepal Press
ब्लग

मानिस सर्वश्रेष्ठ कि विनाशकारी प्राणी ?

हामीले सानैबाट सुन्दै र पढ्दै आएको मानिस ‘सर्वश्रेष्ठ’ प्राणी हो भनेर । एकतर्फबाट सरसरती हेर्ने हो भने यसमा दुईमत हुनै सकिँदैन । किनकि मानिस सर्वश्रेष्ठ यो अर्थमा हो कि ऊसँग प्रकृतिले प्राणीहरुमध्ये मानिसलाई सबैभन्दा सर्वोकृष्ट मस्तिष्क दिएको छ । उसले यही मस्तिष्कको सहायताले जे पनि गर्नसक्ने सामर्थ्य राख्छ । अहिले विज्ञानले जति फड्को मारेको छ, यसको सबै श्रेय यही मस्तिष्कलाई नै जान्छ । विज्ञान, अध्यात्म, साहित्यलगायत हरेक क्षेत्रमा मानिसले प्राप्त गरेको उचाइ र गहिराइको साथसाथै अहिले मानिसलगायत अन्य जीवजन्तु र स्वयं प्रकृतिले भोगिरहेको भोगाइ र बाँचिरहेको जीवन पनि यही मानव मस्तिष्कको देन हो भन्दा फरक नपर्ला ।

तर, के हामीले यति उपलब्धिलाई मात्र हेरेर अथवा मानिसले अहिले गरिराखेको क्रियाकलापलाई हेरेर मानिसलाई सर्वश्रेष्ठ भन्न मिल्छ ? के मानिसले गर्ने हरेक क्रियाकलाप श्रेष्ठता छन् ?

वास्तवमा सर्वश्रेष्ठ जीवले कस्ता क्रियाकलाप गरिरहेको छ र कस्ता क्रियाकलाप गर्नुपर्छ ? आज यसबारे चर्चा गर्ने दुस्प्रयास गरौं ।

सामान्यतया सर्वश्रेष्ठ भन्नाले ‘सर्व’ यानि सबै र ‘श्रेष्ठ’ भन्नाले जान्ने, बुझ्ने अथवा उच्च कोटिको भन्ने बुझिन्छ । बाहिरी रूपमा हेर्दाखेरि त मानिस सबै जान्ने र बुझ्ने हो (मानिसले आफूलाई सबै जानेको छु भन्छ) । तर, अलिकति गहिराइमा गएर नियाल्ने हो अथवा अझै तेस्रो नेत्रबाट हेर्ने प्रयत्न गर्ने हो भने मानिसले आफूले आफूलाई ‘सर्वश्रेष्ठ’ हुँ भनेर गर्ने दाबी सही साबित नहुनसक्छ । किनकि माथि उल्लेख गरे झैं सर्वश्रेष्ठ भनेको त सबैभन्दा जान्ने र सबैको ख्याल राख्न सक्ने आग्रज, अभिभावक हुनुपर्ने होइन र ? के मानिसले अभिभावकत्व निर्वाह गरेको छ ? मानिसले आफूलाई सर्वश्रेष्ठ मान्छ भने उसले अभिभावकत्व निर्वाह गर्नुपर्छ कि पर्दैन ? आफू अभिभावक हो भने के मानिसले यस पृथ्वीमा बस्ने अन्य प्राणीहरूको संरक्षण गरिरहेको छ कि विनाश गरिरहेको छ ? अझै लाजमर्दो कुरा के छ भने मानिसले अन्य प्राणीको त परै जाओस्, आफूलगायत आफ्नै सन्ततिको पनि रक्षा गर्न सकिरहेको छैन ।

मानिसले अहिले जति पनि क्रियाकलाप गरिरहेको छ, यी क्रियाकलापलाई हेर्ने हो भने मानिसलाई सर्वश्रेष्ठ भन्ने प्रश्नमै ठूलो प्रश्नचिन्ह खडा हुन्छ । मानिसले वास्तवमा प्रकृतिको संरक्षण होइन, संहार गरिरहेको छ । मानिसको स्वार्थी प्रवृत्तिले गर्दा दैनिक हजारौं, लाखौं निर्दोष पशु मारिन्छन् केवल जिब्रोको स्वादका लागि ।

मैले मानिसलाई अथवा हामी सबैलाई किन यतिका प्रश्न गर्ने दुस्साहस गरे ? अब अलिकति वास्तविकतामा जाऔं ।

मानिसले अहिले जति पनि क्रियाकलाप गरिरहेको छ, यी क्रियाकलापलाई हेर्ने हो भने मानिसलाई सर्वश्रेष्ठ भन्ने प्रश्नमै ठूलो प्रश्नचिन्ह खडा हुन्छ । मानिसले वास्तवमा प्रकृतिको संरक्षण होइन, संहार गरिरहेको छ । मानिसको स्वार्थी प्रवृत्तिले गर्दा दैनिक हजारौं, लाखौं निर्दोष पशु मारिन्छन् केवल जिब्रोको स्वादका लागि । दैनिक कैयौं मेट्रिक टन प्लास्टिक पानीका स्रोतलगायत अन्य ठाउँमा फ्याकिन्छन्, कार्बन उत्सर्जनले चरम सीमा नाघ्न थालिसकेको छ । यसको असर मानिसलगायत अन्य सबै चिजमा देखिन थालेको छ । आफूले मास्न सक्ने वनजङ्गल मासिसक्यो, सम्बन्धित निकायले रोकतोक नगर्ने हो भने बचेको पनि मिल्ने जति सबै सक्छ ।

‘अति गर्नु, अत्याचार नगर्नु’ भने झैं मानिसले प्रकृतिमाथि अत्यधिक अत्याचार गरिरहेको छ । यसको असर उसलाई र उसको सन्ततिलगायत सम्पूर्ण प्रकृति, अन्तरिक्षमा समेत पार्न थालेको छ । मानिसले आफूलाई सर्वश्रेष्ठ मान्छ, उसको अवस्था यस्तो दयनीय छ, हामी धेरै पर जानु पनि पर्दैन । हामी बस्ने नेपालको राजधानी काठमाडौं जसलाई ‘तथाकथित’ सबैभन्दा शिक्षित ठाउँ हो भनिन्छ, त्यो शहर हेर्नुहोस् र अलि पर गएर हामीले ‘पशु’ भन्ने पशु बस्ने वनजंगलमा गएर हेर्नु (जहाँ मान्छेको असर अलि कम परेको छ), कुन सफा, स्वच्छ र शान्त छ र व्यवस्थित देखिन्छ ? अब भन्नुहोस्, मानिसले आफूलाई सर्वश्रेष्ठ मान्नेमात्रै कि वास्तवमै श्रेष्ठ भएर देखाउने ?

मानिसले अहिलेसम्म प्रकृतिको धेरै दोहन गर्‍यो । अझै पनि यस्तैगरी नै दोहन गरिराख्ने हो भने अब प्रकृतिले नै मानिसलाई पृथ्वीको अस्तित्वबाट साफ बनाउन बेर लगाउँदैन ।

अन्त्यमा, अब पनि मानिसले आफ्नो अहम्तालाई र त्यही अहम्तालाई जोगाएर राख्ने लोभलालच र स्वार्थलाई नत्याग्ने हो भने मानिसले आफ्नो खुट्टामा अझै ठूलो बन्चरोले हान्नेछ । किनकि मानिसले अहिलेसम्म प्रकृतिको धेरै दोहन गर्‍यो । अझै पनि यस्तैगरी नै दोहन गरिराख्ने हो भने अब प्रकृतिले नै मानिसलाई पृथ्वीको अस्तित्वबाट साफ बनाउन बेर लगाउँदैन ।

प्रकृतिले मानिसमाथि अत्याचार गर्न थाल्ने हो भने वा आफ्नो सन्तुलनमा थोरै मात्र हलचल गर्ने हो भने मानिस आफैंलगायत उसका सन्ततिहरू अस्तित्वको ठूलो संकटमा नपर्लान् भन्न सकिन्न । त्यतिबेला मानिसलाई बचाउनेवाला कोही हुनेछैन ।

मानिस अन्तरिक्षमा जानु धेरै राम्रो र गर्वको कुरा हो । तर, आफू बस्ने घर ‘पृथ्वी’लाई बस्नै नहुने बनाउने र अन्य ठाउँमा गएर बस्छु भन्नु पनि पानीमाथिको ओभानो बन्न खोजे जस्तै हो भन्दा फरक नपर्ला ? तसर्थ, मानिसको घैंटोमा छिट्टै घाम लागोस् र तमसोमा ज्योतिर्गमय होस् !


प्रतिक्रिया

One thought on “मानिस सर्वश्रेष्ठ कि विनाशकारी प्राणी ?

  1. मानिसकै कारण यो सुन्दर पृथ्वी विनाशको नजिक छ। मान्छे जस्तो दुष्ट , स्वार्थी, पापी प्रा‍णी बरु विलुप्त भए हुन्थ्यो!😥😪

Leave a Reply

Your email address will not be published. Required fields are marked *