बिहारको तेस्रो दलका नेता नीतिशकुमार गठबन्धन फेरेर नवौं पटक बने मुख्यमन्त्री – Nepal Press

बिहारको तेस्रो दलका नेता नीतिशकुमार गठबन्धन फेरेर नवौं पटक बने मुख्यमन्त्री

काठमाडौं । आइतबार बिहान नेपालको सीमावर्ती भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदबाट राजीनामा दिए । बिहार राज्यका राज्यपाल राजेन्द्र आर्लेकरलाई उनले राजीनामा बुझाएका थिए ।

जनता दल युनाइटेडका अध्यक्षसमेत रहेका उनले तत्कालीन राज्यका राष्ट्रिय जनता दल र कांग्रेस मिलेर बनेको गठबन्धनबाट पनि राजीनामा दिएका थिए । भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्समा उनी जोडिएका थिए । यद्यपि राजीनामा दिएर उनी पुनः बीजेपीसँगैको अर्को गठबन्धनमा मिलेर मुख्यमन्त्री भएका छन् ।

भारतीय मिडियाहरुका अनुसार मुख्यमन्त्री भएका उनले शपथसमेत लिएका छन् । नीतिषकुमारको यो नवौं पटकको मुख्यमन्त्री कार्यकाल हो । गठबन्धन भने पाँचौं पटक हो ।

बिहार विधानसभाको सबैभन्दा पछिल्लो चुनाव सन् २०२० को नोभेम्बरमा भएको थियो । २४३ सीट भएको विहार विधानसभामा नीतिशकुमारको दलले तेस्रो स्थान पाएको थियो ।

इन्डिया टुडेको तथ्यांकअनुसार राष्ट्रिय जनता दलको ७५ र बीजेपीको ७४ सीट आउँदा नीतिशकुमारको जनता दल युनाइटेडको ४३ सीट जितेको छ । कांग्रेसको १९ सीट र अरु बाँकी दलहरुको रहेको छ ।


प्रतिक्रिया

One thought on “बिहारको तेस्रो दलका नेता नीतिशकुमार गठबन्धन फेरेर नवौं पटक बने मुख्यमन्त्री

  1. हाम्रो प्रचण्डलाई पनि पछाडि पारिदिने रहेछन् साथीले त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर