पहिलो इनिङमा १९० रनको अग्रता लिएको भारत इंग्ल्यान्डसँग टेस्ट हार्‍यो – Nepal Press

पहिलो इनिङमा १९० रनको अग्रता लिएको भारत इंग्ल्यान्डसँग टेस्ट हार्‍यो

काठमाडौं । भारतले घरेलु मैदानमा आयोजित इंग्ल्यान्डविरुद्धको टेस्ट श्रृंखलाको पहिलो खेलमा अप्रत्याशित पराजय भोगेको छ । पहिलो इनिङमा १९० रनको विशाल अग्रताका बाबजुद भारतले हार स्वीकार्नु परेको हो ।

हैदरावादमा आयोजित टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डलाई भारतले २४६ रनमा अलआउट गरेको थियो । जवाफमा सुदृढ ब्याटिङ गरेको भारतले ४३६ रन जोड्न सफल भयो ।

तर, आफ्नो दोस्रो इनिङमा इंग्ल्यान्डले पासा पल्टाएको छ । ओल्ली पेपले १९६ रनको विशाल पारी खेल्दै इंग्ल्यान्डलाई ४२० रनसम्म पुर्‍याए । जीतका लागि इंग्ल्यान्डले भारतलाई २३१ रनको लक्ष्य दिन सफल भयो ।

भारतले चौथो इनिङमा खराब ब्याटिङ गर्‍यो । कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । टोम हार्टले एक्लैले ७ विकेट लिएपछि भारत २०२ रनमा समेटियो र २८ रनले पराजित भयो ।

भारतले ४८ टेस्ट खेल्दा घरेलु मैदानमा व्यहोरेको यो चौथो हार हो । इंग्ल्यान्डले भारतमा थप चार टेस्ट खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर