मनाङमा चलचित्र ‘खुस्मा’को छायाँकन सुरु, दोश्रो सेड्यूल पूर्वी रुकुममा – Nepal Press

मनाङमा चलचित्र ‘खुस्मा’को छायाँकन सुरु, दोश्रो सेड्यूल पूर्वी रुकुममा

काठमाडौं । हिमाली जिल्लामा मनाङ ‘खुस्मा’को पहिलो सेड्यूलको छायाँकन सुरु भएको छ । माघ १० गतेबाट सिनेमाले आफ्नो पहिलो सेड्यूल सुरु गरेको हो ।

हिउँका दृश्यहरु सिनेमाको महत्वपूर्ण अंग भएकाले मनाङमा सिनेमा छायाँकनका लागि पुगेको हो । यो सिनेमाबाट अभिनेता धिरज मगर र अभिनेत्री उपसना सिंह ठकुरीले पहिलोपटक रिल जोडी बनेर पर्दामा आउँदैछन् ।

सिनेमालाई डेब्यू निर्देशक अशोक थापा मगरले निर्देशन गरिरहेका छन् । अशोक डकुमेन्ट्री फिल्मबाट अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत निर्देशक हुन् । उनले डकुमेन्टरी फिल्ममा नौ वटा विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

यो सिनेमाबाट उनले फिचर सिनेमामा डेब्यू गर्न लागेका हुन् ।

मनाङमा आफ्नो १० दिने सुटिङ तालिका सकेर युनिट बाँकी छायाँकनका लागि पूर्वी रुकुम जानेछ ।

ॐ एम मिडिया प्रा.लि.को प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।

‘खुस्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन् ।

सिनेमामा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ ।

प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर