दुर्गा प्रसाईंलाई भेट्न पुगिन् मनिषा, देशको अवस्थाप्रति चिन्ता – Nepal Press

दुर्गा प्रसाईंलाई भेट्न पुगिन् मनिषा, देशको अवस्थाप्रति चिन्ता

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई उनकै निवासमा पुगेर भेटेकी छन् । आज दिउँसो भएको भेटघाटमा देशको समसायिक अवस्थाबारे कुराकानी भएको थियो ।

काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर सुस्ताइरहेका प्रसाईं मनिषासँगको भेटपछि उत्साही देखिए । मनिषाले देशको दुरावस्थाप्रति चिन्ता प्रकट गर्दै आफ्नो राष्ट्र बचाउ महाअभियानप्रति नैतिक समर्थन देखाएको उनको भनाइ छ ।

‘मैले उठाएका एजेण्डा र काठमाडौंमा गरेको आन्दोलनसहितका कारणले यो दुर्गा प्रसाईं भन्ने के तत्व हो भनेर जान्ने उत्सुकता रहेछ उहाँमा’, प्रसाईंले नेपाल प्रेससँग भने, ‘मैले आफ्नो अभियान र एजेण्डाहरुका विषयमा प्रष्टसँग बताएपछि उहाँ पनि आश्वस्त हुनुभयो ।’

बीपी कोइरालाको नातिनी, कोइराला परिवारको सदस्य भएका कारण पनि मनिषामा राजनीतिक चरित्र रहेको प्रसाईंको भनाइ छ । आफूसितको कुराकानीमा मनिषामा वैदिक सनातन धर्म संस्कृति, राष्ट्रियता र राजसंस्थाप्रतिको रुझान पाएको उनले बताए ।

‘उहाँ आखिर बीपी कोइरालाको रगत हो । बीपी त्यत्रो वर्ष जेल बसेर बाहिर निस्किँदा पनि राजा र कांग्रेस भनेको एक अर्काका परिपुरक हुन् भन्नुभएको थियो । उहाँमा पनि त्यस्तै भावना पाएँ’, प्रसाईंले भने ।

भेटमा मनिषाले देश निकै अप्ठेरो अवस्थामा रहेकाले सबै मिलेर समाधान खोज्नुपर्नेमा जोड दिएकी थिइन् । प्रसाईले आफ्नो अभियानमा सक्रिय साथ दिन मनिषासँग अनुरोध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर