लगातारको गिरावटपछि दोहोरो अंकले बढ्यो शेयर बजार – Nepal Press

लगातारको गिरावटपछि दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । लगातार साताैं कारोबारसम्मको गिरावटपछि शेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा अडिएको हो । यसदिन बजारमा १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा मिडसोलु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटडको सेयर सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफा कमाएका छन् ।

आइतबार बजार पूँजीकरण ३२ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर