नेसनल कलेजको बुक क्लबमा ‘शेर्पा’ विमर्श – Nepal Press

नेसनल कलेजको बुक क्लबमा ‘शेर्पा’ विमर्श

काठमाडौं । काठमाडौं विश्वविद्यालयका कोर्षहरु पढाउने काठमाडौंको नेसनल कलेजमा विश्वमा चलेको पुस्तक ‘शेर्पा’को विमर्श भएको छ । कलेजको बुक क्लबको अगुवाइमा भएको पुस्तक विमर्शमा किताबका लेखकहरु अंकितबाबु अधिकारी र प्रदीप बस्याल सहभागी भएका थिए ।

विद्यार्थीहरुले राखेको किताबको आईडिया आएकोदेखि लेखन सहकार्यका सवालमा लेखकहरुले खुलस्त उत्तर दिएका थिए । पत्रकारको रुपमा सगरमाथा म्याराथनको समाचार बनाउने क्रममा भएको खुम्बु भ्रमण र त्यो भ्रमणबाट भेटिएका पात्रहरुले शेर्पा किताब लेख्ने मलजल गरेको लेखकहरुले बताए । बस्यालले आफूहरु ननफिक्सन र स्टोरिटेलिङमा रम्ने भन्दै त्यही शैलीमा किताब लेखिएको बताए ।

अधिकारीले किताबमा बिब्लियोग्राफी कम हुनुको कारण स्टोरिटेलिङ नै प्रमुख कारण भएको बताए । पुस्तकका पात्रहरु भेट्न नेपालदेखि भारतसम्म पुगेका प्रसंग सुनाउँदै बस्यालले भने, ‘काठमाडौंमै कुरा गर्दा शेर्पा गाउँठाउँको चित्र नआउने भएकोले हामीले धेरै मेहनत गरेर खुम्बु, मकालु, रोल्वालिङ, दार्जिलिङ सबैतिर पुग्यौँ । त्यहीँ पुगेर पात्रसँगै बसेर कुरा गरेर किताब लेख्यौँ ।’

बेलायतको नामी प्रकाशन गृह अक्टोपस पब्लिसिङले अंग्रेजी भाषामा प्रकाशन गरेको किताब इटालीयन भाषामा आइसकेको छ । पछिल्लो समयमा चेक र नेपाली भाषाका संस्करणहरु आउने तयारीमा रहेको लेखकहरुले बताए ।

किताब सन् २०३३ को बेलायतको हिमाली किताबहरुको बुकर भनेर चिनिने ‘ब्रोडमन टस्कर अवार्ड फर माउन्टेन लिटरेचर’मा समेत सर्टलिस्टमा परेको थियो । अवार्ड समारोहमा लेखकहरु बेलायत पुगेर आफ्ना किताबी अनुभवहरु साझा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *