जनताको निराशा उपयोग गरेर प्रतिगमनकारीले अस्थिरता पैदा गराउन खोज्दैछन् : माधव नेपाल (भिडिओ) – Nepal Press

जनताको निराशा उपयोग गरेर प्रतिगमनकारीले अस्थिरता पैदा गराउन खोज्दैछन् : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको बताएका छन्।

पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै जनतामा बढेको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी व्यवस्थाविरुद्ध गतिविधि गरिरहेको बताए।

उनले भने- गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको छ । यो सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी काम अझै गर्नुपर्ने आवश्यकता छ। मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्था भइरहेको छ ।

व्यवस्थाको रक्षाको लागि न्यूनतम साझा कार्यक्रम अनुसार संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताए।


प्रतिक्रिया

One thought on “जनताको निराशा उपयोग गरेर प्रतिगमनकारीले अस्थिरता पैदा गराउन खोज्दैछन् : माधव नेपाल (भिडिओ)

  1. जनतामा निराशा आउन किन दिनु भो हजुर?जनता किन निराश भए? आशा जगाउने काम कसको हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर