कांग्रेसको अभियान- भिन्न समुदायमा छलफलका लागि शेखरलाई झापा, अरू नेता को कहाँ ? (सूचीसहित) – Nepal Press

कांग्रेसको अभियान- भिन्न समुदायमा छलफलका लागि शेखरलाई झापा, अरू नेता को कहाँ ? (सूचीसहित)

काठमाडौं । समुदायमा कांग्रेस अभियानका लागि नेपाली कांग्रेसले शीर्ष नेताहरूलाई खटाएको छ। अभियानलाई थप प्रभावकारी बनाउनको लागि जिल्ला जिल्लामा फरक-फरक टोली पठाएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक हुनेछन्। टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने छन्।

उनका अनुसार कोशीमा डा शेखर कोइराला, डा नारायण खड्का र बलबहादुर के सी, मधेस प्रदेशमा र बागमती प्रदेशका ४ जिल्ला प्रकाशमान सिंह र महालक्ष्मी उपाध्याय ‘डिना’ बागमती प्रदेशमा डा मिनेन्द्र रिजाल र पुष्पा भुसाल खट्नेछन्।

यस्तै, गण्डकी प्रदेश महेन्द्र यादव र प्रदीप पौडेल, लुम्बिनी प्रदेश विमलेन्द्र निधि र डा डिला संग्रौला, कर्णाली प्रदेशमा डा शशांक कोइराला र भिष्मराज आङ्देम्बेलाई खटाएको छ। केन्द्रले खटाएका प्रतिनिधिहरूलाई निश्चित जिल्लाको जिम्मेवारी दिइएको छ।

पहिलो चरणको अभियान हिमाली केही जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा नराखेको मुख्यसचिव पौडेलले बताए।

कोशी प्रदेश

१. डा शेखर कोइराला- झापा र सुनसरी
२. डा नारायण खड्का- सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
३. बलबहादुर के सी- मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर

मधेश प्रदेश र बागमती प्रदेशका ४ जिल्ला

१. प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा बागमतीको सिन्धुली र मकवानपुर

२. महालक्ष्मी उपाध्याय ‘डिना’- बारा, पर्सा, रौतहट र सर्लाही, बागमतीको धादिङ र चितवन

बागमती प्रदेश

१. डा मिनेन्द्र रिजाल- काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
२. पुष्पा भुसाल- ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

गण्डकी प्रदेश

१. महेन्द्र यादव- तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
२. प्रदीप पौडेल- कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ

लुम्बिनी प्रदेश

१. विमलेन्द्र निधि- रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
२. डा डिला संग्रौला- कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेश

१. डा. शशांक कोइराला- दैलेख, सल्यान र सुर्खेत

सुदूरपश्चिम प्रदेश

१. भिष्मराज आङ्देम्बे- कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर