प्रधानमन्त्रीको निर्देशन- स्वास्थ्य सेवा दूरदराजसम्मका आम नागरिकको पहुँचयोग्य बनाउन लाग्नुस् – Nepal Press

प्रधानमन्त्रीको निर्देशन- स्वास्थ्य सेवा दूरदराजसम्मका आम नागरिकको पहुँचयोग्य बनाउन लाग्नुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवा सरल, सहज, आम नागरिकको पहुँचयोग्य बनाउन निर्देशन दिएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौँ सभालाई सम्बोधन गर्दै स्वास्थ्य सेवा उच्चतम प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिए।

उनले भने- हाम्रो स्वास्थ्य सेवा सरल, सहज, आम नागरिकको पहुँचयोग्य, उच्चतम प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानमा आधारित हुनुपर्छ । आजको आवश्यकता समुदायमा आधारित स्वास्थ्य सेवामा प्राथमिकता, स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन, अनुसन्धान प्रवर्द्धन गरी दक्ष, गुणस्तरीय, कर्मठ र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नु हो।

दूरदराजसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार हुने गरी पूर्वाधार निर्माण, जनशक्ति उत्पादन, सेवा प्रवाह र गुणस्तर अभिवृद्धिमा गर्न आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर