थ्रीस्टार क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश – Nepal Press

थ्रीस्टार क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा शनिवार भुटानको पारो फुटबल क्लबलाई अतिरिक्त समयमा दुई गोलले पराजित गरेपछि थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थ्री स्टारका अनिष चापागाईँले अतिरिक्त समयको २६ र २९औँ मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार साबिक विजेता संकटा एफसी र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने दोस्रो क्वाटर फाइनल हुनेछ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर