भोलिबाट धरहरा पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ गर्न पाइने – Nepal Press

भोलिबाट धरहरा पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिबाट निःशुल्क पार्किङ सेवा दिने भएको छ ।

न्यूरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको महानगरले चालकहरूको सहजताका लागि त्यहाँ पार्किङस्थल उपलब्ध गराउने भएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि काठमाडौं टावरमा निःशुल्क सेवा उपलब्ध गराएको महानगरले अब धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेको बताए ।

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । शहीद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।

संरचनागत रूपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *