शंकर पोखरेलको आरोप- विकास निर्माणका काममा सरकार असफल भयाे – Nepal Press

शंकर पोखरेलको आरोप- विकास निर्माणका काममा सरकार असफल भयाे

गलकोट । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् ।

नेकपा एमाले बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले राजश्व सङ्कलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए ।

आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए ।  राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गरे ।


प्रतिक्रिया

One thought on “शंकर पोखरेलको आरोप- विकास निर्माणका काममा सरकार असफल भयाे

  1. नेपाल प्रेसमा भाषिक सुद्धताको कुनै अर्थ र महत्व छ की छैन ? यो लेखाइबाट के बुझ्ने हामी पाठकले,
    राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर