गगनलाई शुभकामना दिँदै विश्वप्रकाशले भने- हाम्राे पुस्ताबाट प्रधानमन्त्री पदमा पठाउन सबै झापालीकाे साथ छ (भिडिओ) – Nepal Press

गगनलाई शुभकामना दिँदै विश्वप्रकाशले भने- हाम्राे पुस्ताबाट प्रधानमन्त्री पदमा पठाउन सबै झापालीकाे साथ छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको नेतृत्व गरेर जाने सम्भावना प्रवल भएको भन्दै गगन थापालाई शुभकामना दिएका छन् ।

शनिबार झापाबाट सुरु भएकाे मेची-महाकाली संवाद यात्राको शुभारम्भ कार्यक्रममा बोल्दै शर्माले भावी प्रधानमन्त्रीको रुपमा गगन थापाको यात्रा फलदायी हुने बताए । उनले सिंगो कांग्रेसलाई तन्नेरी बनाउन नयाँ पुस्ता अघि सारेको बताए ।

उनले भने,‘ कांग्रेसले आफनो ७८ वर्षको उमेरमा पुग्दै गर्दा कांग्रेसमा सहभागिता बढाउने मात्र होइन ।सिंगो कांग्रेसलाई तन्नेरी बनाउने सिंगो कांग्रेसलाई भावनाको जागरुकताको नविन विश्वासको थलो बनाउने कर्ममा तपाईं हामी लाग्नुछ । आज गगन जी यहाँबाट जाँदै गर्दा उहाँलाई हामी सबैको तर्फबाट अपार प्रेम छ , अपार शुभकामना छ । नेपाललाई नेतृत्व गरेर, देशलाई भाेलि हाकेर यो देशलाई नेतृत्व गरी राखेर जाने सम्भावना प्रवल भएको मान्छे हाम्रो पुस्तामा हुनुहुन्छ । हाम्रो पुस्ताबाट अगाडि सारेर सबैभन्दा पहिले प्रधानमन्त्री पदको जिम्मेवारीमा सुम्पिएर पठाउनुपर्ने मान्छे आज यहाँबाट जाँदै गर्दा सबै झापालीहरुको माया, विश्वास, साथ समर्थन छ र यो अभियानबाट जाँदै हुनुहुने साथीहरुलाई सुभेक्षा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर