कप्तान खनाल आउट, नेपाललाई १९ रन आवश्यक – Nepal Press

कप्तान खनाल आउट, नेपाललाई १९ रन आवश्यक

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग भिडिरहेको नेपालका कप्तान देव खनाल आउट भएका छन् ।

खनाल ५८ रन जोडेर आउट भए । नेपालले ३६.३ ओभरमा ७ विकेट गुमाएर १२७ रन जोडेको छ । नेपाललाई अब १९ रन आवश्यक छ ।

नेपालका अर्जुन कुमाल १० र आकाश त्रिपाटी १६ रन जोडेर आउट भए । गुल्सन झा १, विपीन रावल २ र दीपक डुम्रेले ५ रन बनाए । दीपेश कँडेल ४ रन जोडेर आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर