नेपाल संकटमा, अब कप्तान देव खनालकै भर – Nepal Press

नेपाल संकटमा, अब कप्तान देव खनालकै भर

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग भिडिरहेको नेपाल लगातार विकेट गुमाएपछि संकटमा परेको छ ।

१४६ रनको लक्ष्य पाएको नेपालले २९ ओभरमा ६ विकेट गुमाएर एक सय रन जोडेको छ । कप्तान देव खनाल ४५ रनमा खेल्दैछन् । ७३ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले थप १८ रन जोड्दा अन्य ३ विकेट पनि गुमाएको थियो ।

नेपाललाई अब २१ ओभरमा ४६ रन आवश्यक छ भने ४ विकेट मात्र साथमा छ। दोस्रो चरण पुग्न दुवै टोलीलाई यो खेल जित्नैपर्ने हुन्छ ।

नेपालका अर्जुन कुमाल १० र आकाश त्रिपाठी १६ रन जोडेर आउट भए । गुल्सन झा १, विपीन रावल २ र दीपक डुम्रेले ५ रन बनाए । दीपेश कँडेल ४ रन जोडेर आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर