अफगानिस्तानलाई १४५ रनमा रोकेपछि देव खनालले टीमसँग भने- हामीलाई जसरी पनि सुपर सिक्स चाहिन्छ (भिडिओ) – Nepal Press

अफगानिस्तानलाई १४५ रनमा रोकेपछि देव खनालले टीमसँग भने- हामीलाई जसरी पनि सुपर सिक्स चाहिन्छ (भिडिओ)

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसिसी यू–१९ विश्वकप क्रिकेटको पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको छ ।

यो खेल जितेमा नेपाल सुपर–६ पुग्ने छ। लक्ष्य पछ्याउनुअघि नेपालका कप्तान देव खनालले टिमलाई यस्तो अवसर जिन्दगीमा कहिल्यै नआउने भन्दै आफु र राष्ट्र सम्झिएर खेल्न आग्रह गरेका छन् ।

‘यो तार्गेट चेज हुनु पर्योह क्या म लिएर खेल्छु आफुमाथि । सबै लिएर खेल्छ आफुमाथि । जसरी भएपनि सुपर सिक्स चाहियो के। यो दिन फेरी जिन्दगीमा आउँदैन, त्यति कुरा याद राख । कहिल्यै आउँदैन, यदी कम टार्गेट। आफ्नो लागी, आफ्नो परिवार र देशका लागि खेल के। हामीलाई सुपर सिक्स चाहिन्छ’, आईसिसीले प्रशारण गरेको भिडियो फुटेजमा देवले भनेको सुनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर