कांग्रेसले मनायो स्थापना दिवस, सानेपामा अग्रजलाई गरियो सम्मान (तस्बिरहरू) – Nepal Press

कांग्रेसले मनायो स्थापना दिवस, सानेपामा अग्रजलाई गरियो सम्मान (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसले ७८ औं स्थापना दिवसका अवसरमा प्रजातन्त्र प्राप्तीका लागि विभिन्न कालखण्डमा योगदान पुर्‍याउने अग्रज नेताहरूलाई सम्मान गरेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसले पार्टीको स्थापनाकालका सदस्य तथा प्रजातन्त्र प्राप्तीका लागि विभिन्न कालखण्डमा योगदान पुराउने योगप्रसाद उपाध्याय र नुतन थपलियालाई सम्मान गरेको हो ।

सभापति शेरबहादुर देउवाले प्रजातन्त्र प्राप्तीका लागि योगदान पुर्‍याउनेहरूलाई सदैव स्मरण गर्नुपर्ने भन्दै योद्धाहरूका बारेमा सवै नेपालीलाई जानकारी गराउनुपर्ने बताए ।

त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले देश निर्माणका लागि अग्रजहरुले खेलेको भूमिकाको स्मरण गर्दै अहिले देश निर्माणका लागि योजनाका साथ अघि बढ्नुपर्ने बेला आएको बताए ।

महामन्त्री गगनकुमार थापाले भुइँमा बसेको मान्छेलाई माथि उठाउने र देशको हितमा काम गर्ने कांग्रेसको दायित्व भएको बताए । शनिबारबाट कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्ने जानकारी दिँदै उनले सबै क्रियाशील सदस्यलाई वडामा हुने कार्यक्रममा सहभागी हुन निर्देशन दिए ।

भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवस मनाएलगत्तै शनिबारबाट नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ ।

‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्ने कांग्रेसले जनाएको छ ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर