पाटेबाघको क्षेत्रमा हिउँ चितुवा देखिनु अस्वाभाविक : प्रकृति संरक्षण कोष – Nepal Press

पाटेबाघको क्षेत्रमा हिउँ चितुवा देखिनु अस्वाभाविक : प्रकृति संरक्षण कोष

काठमाडौं । गत ९ गते उर्लाबारीमा भेटिएको हिउँ चितुवाको विषयमा प्रकृति संरक्षण कोषले अस्वाभाविक भएको बताएको छ ।

आज गरिएको पत्रकार सम्मेलनमा कोषका सूचना अधिकारी तथा वरिष्ठ इकोलोजिस्ट श्यामकुमार शाहले पाटेबाघको स्थानमा हिउँ चितुवा देखिनु अस्वाभाविक भएको बताए ।

फेला परेका हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भए पनि भित्री कुनै चोट नभएको तथा अवस्था सामान्य भएको कोषले बताएको छ । उर्लाबारीमा ९ गते फेला परेको हिउँ चितुवालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोशी टप्पु वन्यजन्तु आरक्ष र प्रकृति संरक्षण कोषको टोलीले संयुक्त रुपमा उद्धार गरेको थियो ।

हिउँ चितुवा अहिले ललितपुरको सदर चिडियाखाना जावलाखेलमा राखिएको छ । कोषका अनुसार विश्वमा ५०० देखि ५ हजार ८०० मिटर उचाइको क्षेत्रमा पाइने हिउँ चितुवा नेपालमा भने दुई हजारदेखि ६ हजार मिटर उचाइमा पाइन्छ । तर, उर्लाबारीमा भेटिएको हिउँ चितुवा समुद्र सतहको १४६ मिटर उचाइमा पाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *