रास्वपा मकवानपुरका संस्थापक संयोजक कांग्रेस प्रवेश – Nepal Press

रास्वपा मकवानपुरका संस्थापक संयोजक कांग्रेस प्रवेश

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको ७८औं स्थापना दिवसका दिन हेटौंडामा भएको कार्यक्रममा न्यौपाने कांग्रेस प्रवेश गरेका हुन् । न्यौपानेलाई कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले स्वागत कांग्रेस स्वागत गरे ।

कांग्रेस छिर्दै न्यौपानेले रास्वपामा देश बनाउने कुनै एजेन्डा नभएको बताए । रास्वपाले जनतालाई आश देखाएर निराश बनाइदिएकोले आफू कांग्रेसमा गएको उनको टिप्पणी छ ।


प्रतिक्रिया

One thought on “रास्वपा मकवानपुरका संस्थापक संयोजक कांग्रेस प्रवेश

  1. अनि काँग्रेसले चाहिँ देश बनाउने आश देखायो ? अनि तिमीले पत्यायौ ? कि तिमी मूर्ख हौ कि जसले खान दिन्छ उसकै हुन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर