नेपालको शानदार सुरुवात, अफगानिस्तानले २ रनमा गुमायो २ विकेट – Nepal Press

नेपालको शानदार सुरुवात, अफगानिस्तानले २ रनमा गुमायो २ विकेट

काठमाडौं। आईसीसी यू–१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध शानदार सुरुवात गरेको छ। पहिला ब्याटिङ गरिरहेको अफगानिस्तानले २ रन जोड्दा २ विकेट गुमाएको छ।

विकेटकिपर नुमान शाह र खालिद तानिवालले खाता नखोली आउट भए। नेपालका गुल्सन झा र आकाश चन्दले एक एक विकेट हात पारे।

गुल्सनले पहिलो ओभरको चौथो बलमा र आकाशले दोस्रो ‌ओभरको तेस्रो बलमा विकेट लिएका हुन्। दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर