यू-१९ विश्वकप: नेपालले अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै – Nepal Press

यू-१९ विश्वकप: नेपालले अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानविरुद्धविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालविरुद्ध अफगानिस्तानका कप्तान नसिर खानले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

दुबै टिम प्रतियोगितामा जितबिहिन छन् । यो खेल जुन टिमले जित्छ उक्त टिम विश्वकपको सुपर सिक्सको यात्रा तय गर्नेछ ।

चार टोली रहेको समूहबाट शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने भएकाले नेपालको सम्भावना कायमै छ । नेपाल नेटरनरेट आधारमा अफगानिस्तानभन्दा अगाडि रहँदै तेस्रोमा छ ।

नेपाललाई अफगानिस्तानसँगको खेल बराबरीले पनि पुग्नेछ । पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित नेपाल दोस्रो खेलमा बुधबार पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर